पछिल्लो २४ घण्टामा १२२ जनामा कोरोना सङ्क्रमण पुष्टि - Pahilo Online

पछिल्लो २४ घण्टामा १२२ जनामा कोरोना सङ्क्रमण पुष्टि

writer

पछिल्लो २४ घण्टामा नेपालमा एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ४० पुगेको छ ।

यस्तै थप एक सय ४४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार दुई सय चार पुगेको छ । अहिले नेपालमा एक हजार पाँच सय ८१ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes