११ औं संस्करणको पवित्रहाङ कप फुटबल प्रतियोगिताको उपाधि रोयल स्पोर्टिङ क्लब दमकलाई - Pahilo Online

११ औं संस्करणको पवित्रहाङ कप फुटबल प्रतियोगिताको उपाधि रोयल स्पोर्टिङ क्लब दमकलाई

writer

इलाम । ११ औं संस्करणको पवित्रहाङमा कप फुटबल प्रतियोगिताको उपाधि रोयल स्पोर्टिङ क्लब दमकले जितेको छ। आज सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपिएससी माङसेबुङमाथि १–० झिनो गोल अन्तरले हराउँदै दमकले उपाधि आफनो पक्षमा पारेको हो। नेपाल यु–१६ टोलीकी सदस्य निकिता थोकरको निर्णायक गोल गरेकी थिइन् ।

विजेता बनेको दमकले उपाधिसँगै नगद एक लाख १६५ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता माङसेबुङले नगद ५० हजार १६५ रुपैयाँ प्राप्त गरेको छ। किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङ्देनको ६५ औं जन्मोत्सवको अवसरमा गत माघ २९ गतेदेखि माङ्सेबुङ गाउँपालिका–५ मा रहेको आत्मानन्द खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो।

प्रतियोगितमा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र छिमेकी देश भारतको एक टिमको सहभागिता रहेको थियो। पुरस्कार गुरुआमाको जन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए। २०६७ सालबाट हरेक वर्ष गुरुआमाको जन्मोत्सवको अवसरमा महिला फुटबल प्रतियोगिता आयोजना गरिँदै आएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes