धार्मिक महत्वको मुन्दुमी शक्तिकेन्द्र खुवालुङ मास्न लागेको भन्दै आपत्ति - Pahilo Online

धार्मिक महत्वको मुन्दुमी शक्तिकेन्द्र खुवालुङ मास्न लागेको भन्दै आपत्ति

writer

सुनसरी । किरातीहरुको धार्मिक महत्वको मुन्दुमी शक्तिकेन्द्र खुवालुङ मास्न लागिएको भन्दै भन्दै आपत्ति जनाएको छ । भोजपुर, उदयपुर, धनकुटा जिल्लाको सङ्गमस्थल त्रिवेणीस्थित खुवालुङले डुङ्गा सञ्चालनमा असहजता ल्याएको भन्दै मास्न खोजिएको छ । यसप्रति समिति नै गठन गरेर आपत्ति जनाएको हो । किरात जातिको ऐतिहासिक स्थल खुवालुङ फुटाउन खोजिएकाले आफूहरूको ध्यानाकर्षण भएको खुवालुङ बचाऊ भेला आयोजक समितिका संयोजक बलराम राईले बताए ।

आस्थाको थलोलाई कुनै पनि बहानामा मास्न नपाइने उनले बताए । जलस्रोत मन्त्रालयबाट बजेट विनियोजन भएको भन्ने सुन्नमा आएकाले त्यस्ता ऐतिहासिक थलो मास्ने कार्य गर्न लागेकाले सम्बन्धित पक्षलाई पत्राचार गरिने उनले बताए । उनले उक्त खुवालुङको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसारले ‘डुङ्गा’ व्यवसायीहरूलाई नै फाइदा पुग्ने बताए । प्राचीन समयमा भोजपुर, धनकुटा, उदयपुरलगायतका किरातीहरू सो स्थानमा आएर धार्मिक संस्कार गर्ने गरेको अभियान समितिकी सचिव लीला राईले बताइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes