अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का - Pahilo Online

अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का

writer

अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै गीतकार थिर कोइराला ‘चाडै नै एक हुने तयारीमा छौं’ लेखे पछि दुईबीचको बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए ।

उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका छन् । उनले, मिडियामा आएको खबर सत्य भएको पुष्टी गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् ।

शुभेच्छुकहरुको सकारात्मक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरेका छन् । एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेपछि अञ्जु छोरी परितोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर दबाब पनि दिदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण आफूले बिहेको बिषयमा सोचेको प्रतिक्रिया दिएकी थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes