फुटबल एकेडेमी संचालन गर्न एन्फा र आर्मीबीच सम्झौता - Pahilo Online

फुटबल एकेडेमी संचालन गर्न एन्फा र आर्मीबीच सम्झौता

writer

काठमाडौं । फुटबल एकेडेमी संचालनको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र त्रिभुवन आर्मी क्लबबीच सम्झौता भएको छ । सैनिक आवासीय महाविद्यालयमा एकेडेमी संचालनको लागि एन्फाले आइतबार आर्मीसँग सम्झौता गरेको हो ।

नेपाली सेनाको हेडक्वाटरमा आयोजित कार्यक्रममा एन्फाका उपाध्यक्ष तथा ग्रासरुटका अध्यक्ष उपेन्द्र मान सिंह र आर्मी क्लबका अध्यक्ष ब्रजेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाली सेनाका उपरथी निरन्जन श्रेष्ठले सम्झौता पत्र आदानप्रदान गरे ।

सम्झौता अनुसार सैनिक आवासीयका ७ विद्यार्थीसहित एन्फाले छनोट गरेका गरि २१ विद्यार्थीलाई एकेडेमीमा भर्ना गरिनेछ । जसमा एन्फाले एकेडेमीलाई टेक्निकल सहयोग पु¥याउनेछ । एसियाली फुटबल महासंघ(एएफसी)को कार्यक्रम अनुसार आर्मी क्लबले एकेडेमी संचालनमा ल्याउन लागेको हो । हालै आर्मी फुटबल क्लबले एएफसीको मापदण्ड पुरा गरेसँग एएफसी लाईसेन्स प्राप्त गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes