लिबियाबाट सेना फिर्ता गर्न रुस र टर्कीसँग अमेरिकाको आग्रह - Pahilo Online

लिबियाबाट सेना फिर्ता गर्न रुस र टर्कीसँग अमेरिकाको आग्रह

writer

काठमाडौं । संयुक्त राज्य अमेरिकाले लिबियाबाट तत्काल सेना फिर्ता लिन रुस र टर्कीसँग पुनः आग्रह गरेको छ । गत वर्षको अक्टोबरमा लिबियामा भएको शान्ति सम्झौतामा विदेशी सेना फिर्ता पठाउने सहमति भएको थियो । तर उक्त सम्झौताको समयसीमा पूरा भइसक्दा पनि ती राष्ट्रका सेना फिर्ता नबोलाइएपछि अमेरिकाले सम्झौताको पालना गर्न पुनः आग्रह गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा कार्यबाहक अमेरिकी राजदूत रिचार्ड मिल्सले लिबियामा जारी सैन्य हस्तक्षेप तत्काल रोक्न आग्रह गरे ।

लामो समय सत्तामा रहेका मुअम्मर गद्दाफीको पतनसँगै लिबियामा हिंसा अन्त्यका लागि भन्दै रुस र टर्कीले आफ्ना सेना पठाएका छन् । बर्लिन सम्मेलनमा लिबियाका मुख्य द्वन्द्वरत समूहको समर्थकहरुको भेला भएको एक वर्षपछि अमेरिकाले पुन विदेशी सेना हटाउने विषयलाई प्राथमिकताका साथ उठाएको हो । सो भेलामा विश्वका नेतहरुले लिबियामा बाह्य हस्तक्षेप नगर्ने र स्थायी युद्धविरामका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । एजेन्सी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes