झापामा तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप दिन सुरु - Pahilo Online

झापामा तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप दिन सुरु

writer

भद्रपुर । बुधवारदेखि झापाका तीन अस्पताल मेची प्रादेशिक अस्पताल भद्रपुर, अनारमनी अस्पताल बिर्तामोड र दमक अस्पताल दमकमा एकैसाथ खोप लगाउन सुरु गरिएको छ । मेची प्रादेशिक अस्पतालमा भद्रपुरमा डा. मनिष सुवेदीले पहिलो खोप लगाएर उद्घाटन गरेका थिए।

झापा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले कोरोनाको महामारीबाट बच्न सरकारले कोरोनाविरुद्धको खोप ल्याएको र यस अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले झापामा ११ हजार डोज खोप प्राप्त भएको जानकारी दिए। पहिलो चरणमा ९ हजार २७३ जनालाई खोप लगाउने उनले बताए। मेची अस्पतालमा भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ।

अनारमनी अस्पतालमा बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, कनकाई नगरपालिका र बाह्रदशी पालिका र दमक अस्पतालमा दमक नगरपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes