तराईमा चिसो बढ्यो, मोरङमा कठ्याङग्रिएर एकको मृत्यु - Pahilo Online

तराईमा चिसो बढ्यो, मोरङमा कठ्याङग्रिएर एकको मृत्यु

writer

मोरङ । मोरङको उर्लाबारीमा कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । उर्लावारी नगरपालिका वडा नम्वर ३ नयाँ बजारमा मंगलवार विहान उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । तराईमा केही दिन यता अत्याधिक चिसो र शितलहका बढेको छ ।  स्थायी ठेगाना सुनसरी बराहक्षेत्र नगरपालिका राजावास ८ भएका नेप्टे शेर्पा भन्ने अन्दाजी ५५ वर्षका एक व्याक्तिको चिसोका कारण कठ्याङग्रीएर मृत्यु भएको प्रहरी निरिक्षक उद्धव पोख्रेलले बताए । पोख्रेलका अनुसार हाल मृतको परिवार सम्पर्कमा आएको र शव पोष्टमार्टमका लागि मंगलवारे अस्पतालमा राखिएको बताए ।

मृतक लामो सयम देखी सो क्षेत्रका सार्वजनिक पार्टीपौवालाई आफ्नो वासस्थान बनाउदै आएका थिए । चिसोका कारण यतिवेला तराईको जनजिवन कष्टकर बन्दै गएको छ । आर्थिक अवस्था कमजोर भएका सुकुम्बासी बस्ती र सिमान्तकृत वर्गलाई हरेक वर्षको चिसोले ज्यान लिदै आएको छ । चिसो बढ्ने क्रम दिन प्रतिदिन उच्च रहेका कारण समयमा नै स्थानिय सरकारले उनिहरुको उद्धारमा तदारुता नदेखाए मानविय क्षति अझै बढ्ने निश्चित छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes