खाँदबारीमा ३७ जना मोतियाविन्दुका रोगीको शल्यक्रिया गरी उपचार - Pahilo Online

खाँदबारीमा ३७ जना मोतियाविन्दुका रोगीको शल्यक्रिया गरी उपचार

writer

संखुवासभा । सुनसरीको इटहरी आँखा अस्पतालका डा. राजस्सी श्रेष्ठ नेतृत्वको टोलीले खाँदबारीमा ३७ जना मोतियाविन्दुका रोगीको सफल शल्यक्रिया गरिएको छ। नेत्रज्योति संघ तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीमा शल्यक्रिया गरिएको हो।

आफ्नो ठाउँमा नै उपचार पाएपछि बिरामीहरु खुसी भएका छन्। दुवै आँखाको सफल उपचारपछि पुनर्जन्म पाए झैं भएको सभापोखरी गाउँपालिका–३ की ७० वर्षीया गणेशकुमारी लिम्बुले बताइन्। उनी ३ वर्षदेखि आँखा देख्न नसक्ने भएकी थिइन्। यस्तै, आँखाको ज्योति गुमाउँदा संसार गुमाए जस्तो भएकी पाँचखपन नगरपालिका–४ की ६५ वर्षीया सूर्यमाया राईलाई उपचारपछि खुसी भएकी छिन्। उपचारका लागि छोराको सहयोगमा आएका उनी अब आफैं जान सक्ने भएकी छिन्।

कोभिड १९ का कारण लामो समयसम्म आँखासम्बन्धी कुनै पनि शिविर सञ्चालन नभएको र आँखाका रोगीहरुलाई अति नै समस्या भई उपचार केन्द्रमा आफँै आएका आँखाका अप्रेसन नगराई नहुने ५० जना मोतियाविन्दुका रोगीमध्ये ३७ जनाका शल्यक्रिया गरिएको तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले बताए। अज्ञानता, अशिक्षा र विकटताका कारण ग्रामीण बस्तीहरुमा मोतियाविन्दुको कारण दुईवटै आँखा पाकिसकेका बिरामीको समेत सफल शल्यक्रिया हुँदा खुसी व्यक्त गरेका छन्।

आँखाका बिरामीहरुलाई केन्द्रले खोजी खोजी उपचार गर्ने पनि इन्चार्ज बरालले बताए। आगामी दिनमा दशवटै स्थानीय तहसँग सहकार्य गरेर शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes