आन्तरीक पर्यटक प्रवद्र्धन गर्न काठमाण्डौ, भेडेटार र इलाममा पर्यटक बस चल्ने - Pahilo Online

आन्तरीक पर्यटक प्रवद्र्धन गर्न काठमाण्डौ, भेडेटार र इलाममा पर्यटक बस चल्ने

writer

पूर्वमा आन्तरीक पर्यटकको प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीयस्थल भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् । पूर्वको पर्यटनलाई काठमाडौंसँग जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको पहल र नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियतामा फागुन पहिलो साताबाट काठमाडौंबाट भेडेटार र इलामका लागि बस सञ्चालन गर्न लागेको हो ।

बोर्डका अनुसार काठमाडौं–भेडेटार र काठमाडौं–इलामका लागि २७ सिट क्षमताका बस सञ्चालनमा आउनेछन् । स्वास्थ्य मापदण्ड पुरा गरी बस चलाउन लागिएको बताइएको छ । बस चलेपछि भेडेटार र इलाममा आन्तरिक पर्यटकको अझै वृद्धि हुने अपेक्षा गरिएको छ । हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जका लागि पर्यटक बस चल्ने गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes