शिविरबाट ६ सय ८० जनाको स्वास्थ्य परीक्षण, २ सय ३३ जनालाई परिचयपत्र - Pahilo Online

शिविरबाट ६ सय ८० जनाको स्वास्थ्य परीक्षण, २ सय ३३ जनालाई परिचयपत्र

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि विशेषज्ञ चिकित्सकमार्फत सञ्चालन गरेको शिविरबाट ६ सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका र २ सय ३३ जनाले परिचयपत्र लिएका छन् ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समितिमार्फत पुस २३ गतेबाट प्रति वडा एक दिनका दरले वडा वडामा सञ्चालन भएको शिविरको वडा नम्बर १० मा समापन भएको छ । नगर उपप्रमुख एवम् अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, १० नम्बर वडाका कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य, अन्य जनप्रतिनिधि सहितको उपस्थितीमा शिविर सम्पन्न भएको छ । नगरलाई अपाङ्गता भएका व्यक्तिहरुको जन्म सून्यमा झार्ने लक्ष्यमा यो सहित विभिन्न कार्यक्रम गर्ने त्रिपक्षीय योजना तय भएको छ । \

शिविरमा, पथरी नगर अस्पतालका मेडिकल अफिसर डा. सावनकुमार मेहता, दृष्टि विशेषज्ञ नरेन्द्र यादव, एयर टेक्निसियन, अम्ब्रेन्द्रकुमार साह र फिजियोथेरापिष्ट श्याम साहबाट अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच तथा परीक्षण गरी अपाङ्गताको अवस्था हेरी तत्कालै परिचयपत्र उपलब्ध गराउने व्यवस्था समेत गरिएको थियो । अपाङ्गता भएका असक्त तथा विरामीहरुलाई शिविरमा ल्याउन र लानका लागि नगरपालिकाको एम्बुलेन्स प्रयोग गरिएको थियो । शिविरमा पहिले लिएको अपाङ्गता परिचयपत्र नविकरणका साथै नयाँ परिचयपत्र निर्माण गरी वितरण समेत गरिएको छ । जसमा, ८१ जनालाई रातो, ९२ जनलाई नीलो, ४७ जनालाई पहेंलो र १३ जनालाई सेतो रंगको परिचयपत्र नविकरण एवम् वितरण गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes