अफगानिस्तानमा सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको हत्या - Pahilo Online

अफगानिस्तानमा सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको हत्या

writer

काठमाडौं । अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् । उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको अदालतका एक प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए ।

गोली प्रहारबाट न्यायाधीशहरुका सवारीचालक घाइते भएका छन् । घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन । आक्रमणका शृङ्खलामा तालिबान विद्रोहीहरूको भूमिका रहेको हुनसक्ने आशङ्का गरिएको छ । तर तालिबानले भने ती घटनाको जिम्मेवारी लिएको छैन ।

सञ्चारकर्मी, अधिकारवादी र राजनीतिक व्यक्तित्वहरूप्रति लक्षित गरी पछिल्ला केही महिनाहरूमा शृङखलाबद्ध रूपमा गरिएका हत्यामध्ये यो पछिल्लो घटना हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ गरिएका अमेरिकी सेनाको सङ्ख्या घटाइरहेका बेला पछिल्ला आक्रमण भइरहेका छन् ।

यसै हप्ता बीबीसीलाई दिएको अन्तर्वार्तामा अफगानिस्तानका उपराष्ट्रपतिले अस्थिर राष्ट्रबाट अमेरिकी सेना फिर्ता हुनुले हिंसाको जोखिम झन् बढाएको बताएका थिए । अफगान सरकार र तालिबानबीच दोहामा शान्ति वार्ता भइरहेका बेला व्यक्ति लक्षित आक्रमणहरू भइरहेका छन् । (एजेन्सी)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes