प्रथम मंगलबारे शुक्रबारे फुटबल प्रतियोगिता सुरु,फेयर फुटबल क्लब धरानको विजयी सुरुवात - Pahilo Online

प्रथम मंगलबारे शुक्रबारे फुटबल प्रतियोगिता सुरु,फेयर फुटबल क्लब धरानको विजयी सुरुवात

writer

कानेपोखरी । मोरङको पथरी शनिश्चरेमा मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।सो प्रतियोगितालाई पथरी शनिश्चरे–०८ मा रहेको मंगलबारे शुक्रबारे फुटबल क्लबले आयोजना गरेको हो।शनिबार भएको उद्घाटन खेल फेयर फुटबल क्लब धरान र इस्ट स्टार फुटबल क्लब मधुमल्लाका बिचमा भएको थियो।सो खेलमा इस्ट स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पछि पार्दै फेयर फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेका दुवै टिमले दोश्रो हाफपछि आक्रामक रुपमा मैदानमा उत्रिएका थिए । फेयर फुटबल क्लब धरानको जितका लागि मध्यान्तरको १४ औँ मिनेटमा वर्तमान राईले पहिलो गोल गरेका थिए । मध्यान्तरको २४ औँ मिनेटमा जर्सि नं ९ का खेलाडी साजन राईले गोल थप २–० को गोलान्तरमा टिमलाई विजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच फेयर फुटबल क्लब धरानका बर्तमान राई घोषीत हुँदै नगद १ हजार प्राप्त गरे । राईलाई उद्घाटन खेलका विशिष्ट अतिथि वडा नं ८ का वडाध्यक्ष बाबुराम दाहालले पुरस्कृत गरेका थिए ।आजको खेल तालतलैया फुटबल एकेडेमि इटहरी र थापाचौक मंगलबारे क्लवबिच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार राशी र दोश्रो हुने टिमले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छ्न। दोश्रो हुने टिमका लागि सोही वार्डका जनप्रतिनिधिहरुको तर्फबाट व्यक्तिगत पुरस्कार सौजन्य गरिएको हो।साथै, सोही वार्डले ५ सय बराबरको दुई थान फुटबल पनि प्रदान गरेको छ।खेलमा वेस्ट गोल रक्षक, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, वेस्ट फरवाड, वेस्ट प्लेयर र वेस्ट गोलकर्तालाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छ्न ।यहि माघ ३ गतेदेखी १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको अनुमानित लागत रु ३ लाख हुने अनुमान गरिएको छ।पथरीशनिश्चरे नगरपालीकाका नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा सो प्रतियोगिताको उद्घाटन गरीएको थियो । सो अवसर बोल्दै राईले यस्ता प्रतियोगिताले सक्षम खेलाडी उत्पादन सहयोग पुग्ने बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes