पथरी शनिश्चरे ९ र कानेपोखरी ६ लाई जोड्ने झोलुङ्गे पुल शिलान्यास - Pahilo Online

पथरी शनिश्चरे ९ र कानेपोखरी ६ लाई जोड्ने झोलुङ्गे पुल शिलान्यास

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ९ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर ६ लाई जोड्ने डाँस खोलामा बन्ने झोलुङ्गे पुलको आज शिलान्यास भएको छ ।

संघीय सरकारमार्फत निर्माण हुने पुलको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको प्रमुख आतिथ्यतामा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ९ नम्बर वडाध्यक्ष भानुभक्त राई, कानेपोखरीका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, ६ नम्बर वडाध्यक्ष खड्ग बस्नेत सहितले पुलको शिलान्यास गरे । शनिश्चरेको मलामी खाजाघरको केही दक्षिणमा बन्ने पुलको शिलान्यास गर्दै दुवै पालिकाकाका जनप्रतिनिधिहरुले दुइ पालिकाको सहकार्यमा यसप्रकारका विकास निर्माणका काम अघि बढाउदै जानु पर्ने बताए ।

संघीय सरकारको १ करोड ३६ लाख बजेटमा बन्ने पुलको लम्बाई १ सय ८४ मिटर रहने छ । जसको निर्माणका लागि अनसुभी कन्टक्सनले १ बर्षमा सकिने गरी ठेक्का लिएको छ । यसैबीच, पथरी शनिश्चरे नगर उपप्रमुख वास्तोलाले आज वडास्तरीय महिला समिति वडा नम्बर ९ ले आयोजना गरेको महिला शिपमुलक क्षमता अभिबृद्धि कार्यक्रमको समापनका अवसरमा बोल्दै महिला सवै हिसावले अघि बढ्नु पर्ने बताएकी छिन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes