बेलायतमा फेला परेको नयाँ प्रकृतिको कोरोना भाइरस ५० देशमा पुग्यो - Pahilo Online

बेलायतमा फेला परेको नयाँ प्रकृतिको कोरोना भाइरस ५० देशमा पुग्यो

writer

काठमाडौं । बेलायतमा फेला परेको नयाँ प्रकृतिको कोरोना भाइरस ५० देशमा फैलिएको छ । यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को स्वरुपको भाइरस २० देशमा पुगेको पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको साप्ताहिक रिपोर्टमा जनाइएको छ ।

बेलायतमा पहिलो पटक १४ डिसेम्बरमा नयाँ स्वरुपको भाइरस फेला परेको थियो । यस्तै जापानमा भेटिएको तेस्रो प्रकृतिको भाइरसका बारेमा चिन्ता व्यक्त गर्दै यसले प्रतिरोधी क्षमतामा असर पार्न सक्ने भन्दै यसको परीक्षण हुनुपर्ने आवश्यकता रहेको डब्लुएचओले बताएको छ ।

संगठनका अनुसार कोरोना भाइरस जति बढी फैलन्छ, त्यो त्यति नै धेरै परिवर्तन हुने सम्भावना छ । नयाँ प्रकारको भाइरस पहिलाको तुलनामा थप फैलने किसिमको भएका कारण स्वास्थ्य प्रणालीमा असर पर्ने डब्लुएचओले जनाएको छ । एजेन्सी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes