आन्दोलनको साटो चुनाव प्रचारमा लाग्न विपक्षीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री नेम्बाङको आग्रह - Pahilo Online

आन्दोलनको साटो चुनाव प्रचारमा लाग्न विपक्षीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री नेम्बाङको आग्रह

writer

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको आठौँ नगरसभा उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मुलुक निर्वाचनमा गइसकेकाले सडकमा आन्दोलन गर्नुको साटो चुनाव प्रचारमा लाग्न विपक्षीहरूलाई आग्रह गरेका छन् । मन्त्री नेम्बाङले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहेपनि सरकार पार्टीबाटै अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको बताए। ‘पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकडेर राख्न हुन्छ?’, मन्त्री नेम्बाङले प्रश्न गरे, ’पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानु परेको हो।’

आन्दोलन गर्दैगर्दा चुनाव छुट्न सक्नेतर्फ आन्दोलनरत दलहरूलाई सचेत गराउँदै मन्त्री नेम्बाङले भने, ’जनताले त वैशाख १७ र २७ गते भोट हाल्छन् नै, निर्वाचनको रेसमा जो अगाडि कुद्यो, त्यसैले जित्ने हो।’ कुनै पनि लोकतान्त्रिक शक्ति जनतामा जान डराउन नहुने उनले बताए। पार्टी भित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको मन्त्री नेम्बाङले दावी गरे।

अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरू हुन नसक्ने बताउँदै मन्त्री नेम्बाङले निर्वाचनमा जाने कामले कसरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई समस्यामा पा¥यो भनी प्रश्न गरे। उनले भने,’मुलुक डुब्ने, प्रतिगमन हुने, संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्रमले निर्वाचन रोकिँदैन।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अन्तरिम आदेश नदिएकाले निर्वाचन निश्चित रहेको उनले दावी गरे।

राष्ट्रिय स्वाधीनता उच्च पार्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा लैजाने कार्यमा सरकार लागेपनि आफ्नै दलबाट अवरोध सिर्जना गर्ने तथा सकारात्मक कामको प्रचार नहुने अवस्था झेल्नुपरेको अनुभूति भएको पनि नेम्बाङले बताए। ’हालसम्म सरकारले गरेका ऐतिहासिक महत्वका कामहरू, भौतिक पूर्वाधार निर्माणका प्रगतिहरू तथा जनताको जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने कामबारे भएका प्रगति लिएर हामी निर्वाचनमा जान्छौँ,’ नेम्बाङले भने, ’निर्वाचनमा जान नडराऔँ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes