कानेपोखरीमा भएको दुर्घटनामा मोटरसाइकल चालको मृत्यु - Pahilo Online

कानेपोखरीमा भएको दुर्घटनामा मोटरसाइकल चालको मृत्यु

writer

कानेपोखरी । मोरङको कानेपोखरी–रंगेली सडकको कानेपोखरी चोक दक्षिण ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दुर्घटनाबाट कानेपोखरी ४, धमकुवा निवासी ३० बर्षिय रोसन गुरुङको साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

ढुङ्गा बोकेर कानेपोखरी चोकबाट दक्षिण जाँदै गरेको को २ त ६९९७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को १७ प ४८४५नम्बरको मोटरसाइकललाई ठक्करदिए पछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृतक गुरुङलाई पथरी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाईकल पछाडी सवार कानेपोखरी ४ बस्ने २८ बर्षिय राजकुमार तामाङ पनि गम्भिर घाइते भएका छन् । तामाङको पछाडी पटी टाउकोमा चोट भएकोले थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले बताएका छन् । ट्याक्टर चालक फरार छन् भने ट्याक्टर र मोटर साइकल भने प्रहरीको नियन्त्रणमा छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes