चिसो हावासँगै बढेको शीतलहरले सुनसरीका दलित समुदायको जनजीवन कष्टकर - Pahilo Online

चिसो हावासँगै बढेको शीतलहरले सुनसरीका दलित समुदायको जनजीवन कष्टकर

writer

सुनसरी । केही दिनयता भएको मौसम परीवर्तनले जनजीवन समस्या भएको छ । चिसो हावासँगै बढेको शीतलहरले सुनसरीका दलित समुदायको जनजीवन कष्टकर बनेको छ । आर्थिक अवस्था कमजोर भएका दलित, गरिब तथा विपन्न समुदायलाई एक्कासि बढेको जाडोले समस्या भएको छ ।

जाडो बढेपछि न्यानो लुगा अभाव हुँदा उनीहरू परालको घुर तापेर दिन कटाउने गरेका छन् । कोशी गाउँपालिका–७ स्थित सुकुम्बासी बस्तीका सन्तोष मुखिया लत्ताकपडाको अभावमा परालकै ओछ्यान बनाएर रात कटाउने गरेको बताउँछन् । जाडोबाट बच्न ओढ्ने नहुँदा बस्तीवासीले आगो तापेर जाडो भगाउने प्रयास गरिरहेको उनको भनाइ छ । शुक्रबारबाट एक्कासि सुरु भएको शीतलहरले बालबालिका र ज्येष्ठ नागरिकलाई दैनिकी काट्न मुस्किल भएको कोशी गाउँपालिका–७ की वडासदस्य पार्वती मुखिया बताउँछिन् । जाडोबाट बच्न तत्काल दाउरा र न्यानो कपडा आवश्यक भएको उनी बताउँछिन् ।

जाडोले गर्दा दैनिक ज्यालामजदुरीमा जानसमेत समस्या भएकोले गुजारा चलाउन पनि हम्मे पर्न थालेको छ । जाडोयाम विशेषगरी सुकुम्बासी र विपन्न समुदायका लागि काल बनेर आउने गरेको उनी बताउँछिन् । ‘ओढ्ने, ओछ्याउने न्यानो कपडा अभाव छ’ –उनी भन्छिन् । कोशी गाउँपालिका–७ सुकुम्बासी बस्तीमा करिब ४ सय परिवार बसोबास गर्छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes