ट्रायल सेन्टर निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय सच्याउन माग - Pahilo Online

ट्रायल सेन्टर निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय सच्याउन माग

writer

विराटनगर । प्रदेश सरकारले सवारी चालका अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल सेन्टर निजी क्षेत्रलाई जिम्मा दिने गरेको निर्णय सच्याउन माग गरेका छन् । निर्णय सच्याउन माग गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । सरकारी ट्रायल सेन्टर बन्द गरेर निजी क्षेत्रलाई दिने प्रदेश १ सरकारले निर्णयले सर्वसाधारणलाई आर्थिक भार थपेको दावी गर्दै विद्यार्थी नेता वसिम आलमले प्रदेशसभा सार्वजनिक लेखा समितिमा उजुरी गरेका हुन् । सभापति शिवनारायण गनगाईलाई मंगलबार उजुरी गर्दै छानबिन अगाडी बढाउन माग गरिएको छ । प्रदेश सरकारले बिचौलिया संरक्षण गर्दा नीतिगत भ्रष्टाचार गरेको दावी गर्दै उनले छानबिन गरी निर्णय सच्याउनका लागि सभापितलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रशासनिक खर्च कम गर्ने नीति लिएको प्रदेश सरकारले उपभोक्तालाई आर्थिक भार पर्नेगरी ट्रायल सेन्टर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको थियो । निर्णयले बिचौलियालाई फाइदा पुग्ने र उपभोक्तालाई आर्थिक भार थपिने विद्यार्थी नेता आलमले बताए । ‘यो निर्णयले नीतिगत भ्रष्टाचारलाई संरक्षण गर्छ,’ उनले भने, ‘उपभोक्तालाई आर्थिक भार गर्ने निर्णय कार्यान्वयन नगर्नका लागि समितिले छानबिन गरी प्रदेश सरकारलाई रोक्न निर्देशन दिनुपर्छ ।’ सार्वजनिक लेखा समिति सभापति गनगाईले छानबिन गरी प्रदेश सरकारलाई आवश्यक निर्देशन दिइने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शेरधन राईले सम्हालिरहनु भएको छ । गत मङ्सिर १५ गतेको मुख्यमन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था कार्यालय झापा र सुनसरीलाई परिपत्र गरिएको छ । परिपत्रमा ट्रायल सेन्टर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes