भारतमा ३० करोड जनतालाई कोरोना खोप लगाइंदै - Pahilo Online

भारतमा ३० करोड जनतालाई कोरोना खोप लगाइंदै

writer

काठमाडौं । भारतमा आगामी शनिवारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो अभियानलाई महत्वपूर्ण कदम भन्दै जुलाई सम्म ३० करोड जनतालाई खोप लगाउने बताए ।

पहिलो चरणमा स्वास्थ्य क्षेत्र र अग्रमोर्चामा काम गर्ने ३ करोड जनतालाई खोप दिइनेछ । त्यसपछि ५० वर्ष भन्दा बढी उमेरका र गंभीर प्रकृतिका स्वास्थ्य समस्या भएका करिब २७ करोड जनतालाई खोप लगाइने तयारी छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको अस्ट्राजेनेका र स्थानीय रुपमा उत्पादन भैरहेको कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा भारत दोस्रो स्थानमा रहेको छ । एजेन्सी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes