प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता माघ ३ गतेदेखी १० गतेसम्म - Pahilo Online

प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता माघ ३ गतेदेखी १० गतेसम्म

writer

कानेपोखरी । मोरङको पथरी शनिश्चरे–०८ मा रहेको मंगलबारे–शुक्रबारे फुटबल क्लबको आयोजनामा अनुशासन, बिकास र गतिशीलता भन्ने मुल नाराका साथ प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७७ आयोजना हुने भएको छ । सो जानकारी शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरि गराइएको थियो ।

यसै क्लबका अध्यक्ष कमल लावतीका अनुसार यस प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार राशीसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् । त्यस्तै दोश्रो हुने टिमले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । दोश्रो हुने टिमका लागि सोही वार्डका जनप्रतिनिधिहरुको तर्फबाट व्यक्तिगत पुरस्कार सौजन्य गरिएको हो । साथै, सोही वार्डले ५ सय बराबरको दुई थान फुटबल पनि प्रदान गरेको छ । खेलमा वेस्ट गोल रक्षक, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, वेस्ट फरवाड, वेस्ट प्लेयर र वेस्ट गोलकर्तालाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष कमल लावतीले जानकारी दिए।भौगोलिक हिसाबले दुर्गम रहेको यस ठाउँलाई चिनाउने,स्थानिय स्तरबाट खेलाडीहरुको उत्पादनमा सहयोग हुने उद्देश्यसहित यस प्रतियोगिता आयोजना गर्न लागिएको लावतीले जनाए।

यहि माघ ३ गतेदेखी १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको अनुमानित लागत रु ३ लाख हुने अनुमान गरिएको छ।सोमध्ये ५० हजार वार्डले प्रदान गरेको छ भने अन्य रकम स्थानीय र वडा नम्बर ८ बाट वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुबाट करिब १ लाख ५० हजार संकलन भइसकेको छ भने अन्य सहयोग संकलन हुने क्रम जारी रहेको आयोजक क्लबका सचिव अनिल लिम्बूले जानकारी गराए।

प्रतियोगितमा स्थानीय क्लबसहित धरान, मधुमल्ला, बेलबारी , इटहरी, झापालगायतका समूहगरि ८ समूहले भाग लिएका छन् ।खेल पथरी शनिश्चरे ८ बिसबिगे समाल डाँडाको स्थानिय खेलमैदानमा हुने छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes