ग्रमिण सुधार सामुदायिक वनको २०औं साधारणसभा - Pahilo Online

ग्रमिण सुधार सामुदायिक वनको २०औं साधारणसभा

writer

पहिलो अनलाइन

कानेपोखरी । मोरङको कानेपोखरीस्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार आइतबारेमा विविध कार्यक्रम गरी साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले ब्यानर खोलेर र विरुवामा पानी हालेर गरेका थिए । कार्यक्रममा कानेपोखरी ७ का वडाध्यक्ष मोहन अधिकारीले शुभकामना मन्तव्य राख्दै सामुदायिक वनले पर्यापर्यटनलाई प्रबद्र्धन गर्न सुझाव दिएका थिए ।


समूहकी सचिव शान्ता माझीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष नविन राईले वार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष देवेन्द्र थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष विष्णु रोक्काले स्वागत गरेका थिए ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राईले समूहलाई सञ्चालन गर्ने क्रममा विभिन्न समस्याहरु, बाधा अवरोध सृजना भएकोले आ.व. २०७४÷०७५ संकलन गरेको वन पैदावर उपभोक्ता माझ विक्री वितरण गर्न नसकेको जानकारी दिए । अध्यक्ष राईका अनुसार समूहको मुख्य आम्दानीको श्रोत वन पैदावर विक्री वितरण गर्न नपाउँदा वन संरक्षण, वन विकास, कार्यालय सञ्चालन, सामाजिक विकास र कर्मचारीको तलब भत्ता, १९औं साधारणसभाको खर्चसमेत भुक्तानी गर्न बाँकी रहेको छ । समूह सञ्चालनका लागि ऋण सापटी लिएको अध्यक्ष राईले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes