प्रदेश १ मा ४१० जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा ४१० जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना उपचार रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए । उनका अनुसार अस्पतालमा उपचाररत मध्ये ५ जना आईसीयु र १४ जना सामान्य वेडमा छन् । आज सम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । आज १५ जना संक्रमित थपिएका छन । मोरंगको विराटनगरमा ७, बेलबारी, जहदा र सुन्दरहरैचामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र झापाको विर्तामोड र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार हालसम्म २ लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes