नगर क्षेत्रमा दुध र मासुको आत्मनिर्भरताका लागि ६ वटा संस्थालाई कार्यक्रम स्वीकृत - Pahilo Online

नगर क्षेत्रमा दुध र मासुको आत्मनिर्भरताका लागि ६ वटा संस्थालाई कार्यक्रम स्वीकृत

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा दुध र मासुको आत्मनिर्भरताका लागि ६ वटा संस्थालाई कार्यक्रम स्वीकृत भएको छ । सरकारको सशर्त अनुदानको कार्यक्रम अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका लागि दोस्रो चरणको प्रस्तावनाका लागि आज सम्बन्धित ६ संस्थाका लागि पत्र प्रदान गरिएको छ । नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले नगर हाल दुध र मासुमा आत्मनिर्भरताको चरणमा रहेको अवस्थामा सो कार्यक्रमले थप प्रभावकारिता हाँसिल गर्ने विश्वास व्यक्त गरे । मासु उत्पादनका लागि वडा नम्वर १ को पूर्वी मोरङ बाख्रापालन कृषक समूह, पथरी कृषि सहकारी संस्था र ५ को विशाल बहुउद्धेश्यीय कृषक समूह तथा दुध उत्पादनका लागि १ को विहानी कृषि दुग्ध उत्पादक सहकारी, २ को चौतारी सामाजिक उद्यमी महिला सहकारी र ६ को रामजानकी दुग्ध उत्पादक सहकारीले कार्यक्रम प्राप्त गरेका हुन् ।

आयोजनाले ६ संस्थाका लागि कुल ४ करोड ३० लाख ७५ हजार रकम उपलब्ध गराउने छ भनें त्यसमा थप २० प्रतिशत सम्बन्धित संस्थाले लगानी गर्नुपर्ने र ३० प्रतिशत वित्तिय संस्थाको लगानी जुटाउनु पर्ने प्रावधान रहेको आयोजनाका पशुसेवा सामाजिक परिचालक चुडामणि वस्नेतले जानकारी दिए । त्यसरी त्रिपक्षीय लगानी जोड्दा ८ करोड ६० लाख ४० हजारको कार्यक्रम बनेको नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले कार्यक्रममा जानकारी गराए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes