पथरीशनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ माघ २ गतेबाट - Pahilo Online

पथरीशनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ माघ २ गतेबाट

writer

विवेक न्यौपाने । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ आयोजना हुने भएको छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टर (YFC) को मुख्य आयोजनामा माघ २ गतेबाट प्रतियोगीता आयोजना हुन लागेको हो । यस अघिका ३ संस्करणहरु झापाको बेलडाँगीमा र १ संस्करण पथरी शनिश्चरेमा आयोजना भएको थियो। विगतका संस्करणमा, अन्तराष्टिय क्लबहरुको समेत सहभागीतामा आयोजना हुने गरेको प्रतियोगीता यस वर्ष भने कोभिड १९ का कारण देशका विभिन्न क्लब र समूहका सहभागीतामा आयोजना गर्न लागिएको आयोजकद्धारा सोमबार पत्रकार भेटघाटको आयोजना गरी जानकारी गराइएको छ ।

सेक्टर आई परिवारको मुख्य प्रायोजनमा आयोजना हुन गईरहेको प्रतियोगीतामा देशका विभिन्न १४ वटा टिमको सहभागीता रहने बताइएको छ । प्रतियोगीतामा काकड्भिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब (विआरसी), लेटाङ फुटबल क्लब र आयोजक YFC को २ वटा टिमको सहभागीता रहने छ ।

प्रतियोगीता माघ २ गतेबाट माघ १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगीताको विजेताले १ लाख १ हजार रुपैँया र उपविजेताले ५१ हजार रुपैँया नगद प्राप्त गर्नेछ । प्रतियोगीताको आयोजनाका लागी तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर (ILC), अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबको सहयोग रहने प्रतियोगीता संयोजक राम कुमार वानियाँले बताए । लागुऔषध दुर्वश्यनीबाट युवा जगतलाई जोगाउने र खेलको माध्यमबाट शरणार्थी शिवर र शिवर बाहिरका खेलाडी र खेल प्रेमीहरु विचमा भातृत्व जगाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक समितीका करण राईले बताए ।

प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना हुनेछ । पत्रकार भेटघाटको क्रममा बोल्दै सो रंगशाला निर्माण समितीका अध्यक्ष गणेश थक्लुङ्ले रङ्गशाला निर्माण पश्चात प्रतियोगिताको तयारी गरिरहेको अवस्थामा यस प्रतियोगिताले रङ्गशालाको प्रचारप्रसार र स्थानिय खेलाडी प्रवद्धर्नमा टेवा पुग्ने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes