१०० गन्तव्य सूचीमा रहेको पोकली झरनामा पूर्वाधार विकासको काम - Pahilo Online

१०० गन्तव्य सूचीमा रहेको पोकली झरनामा पूर्वाधार विकासको काम

writer

ओखलढुङ्गा । नेपाल सरकारले तयार पारेको नेपालको १०० गन्तव्य सूचीमा रहेको पोकली झरनामा पूर्वाधार विकासका काम भइरहेको छ । पोकलीलाई विश्व सामु चिनाउन लागिपरिरहेको पोकली झराना सेवा समाजका अध्यक्ष मिलन विष्टले बताए। पोकली झरना लिखु गाउँपालिका–९ मा रहेको छ। नेपाल कै दोस्रो अग्लो झरना पोकलीको १३३ मिटर लामो छ।

पोकली झरनाले लेती र वाच्पु गाउँलाई छुट्याएको छ। प्रकृतिसँग रमाउनेहरु पोकली झरनामा पुग्ने गरेका छन्। भदौदेखि कात्तिकसम्म पोकली झरना अवलोकन गर्न सकिन्छ।  पर्यटकीय गन्तव्य पोकली ओखलढुंगाको दुर्गम ठाउँ भए पनि काठमाडौंबाट एक दिनमा पुग्न सकिन्छ। काठमाडौंदेखि सिन्धुलीको खुर्काेट हुँदै रामेछापको मन्थली पुगेपछि पोकली जाने दुईवटा बाटो रहेका छन्। मन्थलीबाट रामेछापकै लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोवी बजारमा पुगेपछि पोकली झरना देख्न सकिन्छ। धोबी बजारबाट एक घन्टाको यात्रापछि सिरिसे बजार हुँदै पोकली झरना पुग्न सकिन्छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes