भेडेटारमा स्काइवाक निर्माण हुने - Pahilo Online

भेडेटारमा स्काइवाक निर्माण हुने

writer

धनकुटा । प्रदेश १ कै प्रमुख पर्यटकीय क्षेत्र रुपमा परिचित भेडेटारमा स्काइवाक निर्माण हुने भएको छ। प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काइवाक निर्माण हुने भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका र प्रदेश लगानी प्राधिकरणबीच भेडेटार स्काइवाक परियोजना निर्माण तथा सञ्चालनबारे समझदारीपत्रमा हस्ताक्षर भएपछि भेडेटारमा स्काईवाक निर्माण हुने भएको हो।

भेडेटारको पूर्वाधार विकासका लागि वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बूढीगंगा मोरङले स्काइवाक निर्माण गर्ने भएको छ। प्रदेश सरकारले भेडेटारमा स्काईवाक निर्माणका लागि प्रस्ताव आह्वान गरेकोमा आफ्नो कम्पनी छनोट भएको प्रालिका प्रोजेक्टर डाइरेक्टर सञ्जीव रोक्काले बताए।

धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सीमानामा रहेको चाल्स प्वाइन्टनजिकै सिसाको ४० मिटर बाटो बनाएर मान्छे हिडाइने रोक्काले बताए। स्काइवाक निर्माणका लागि साँगुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिकाबाट कानुनी प्रक्रिया सम्पन्न भई प्रदेशको लगानी प्राधिकरणबाट छनोट भई लगानी स्वीकृत भई २४ करोडको लगानीमा स्काइवाक बन्ने उनले बताए।

स्वाइवाकका लागि वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत अध्ययन प्रतिवेदनको काम भइसकेको छ। भेडेटारको चार्ल्स भ्युटावरमा निर्माण हुने स्काइवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना हुने र स्काईवाक निर्माण भएपछि पर्यटकीय गतिविधि बढ्ने होटल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। स्काईवाक निर्माणका लागि साँगुरीगढी गाउँपालिकाले चाल्र्स भ्यूटावरले उत्तरतर्फ चर्चेको र धरान उपमहानगरपालिकाले दक्षिणतर्फ चर्चेको आवश्यक जग्गा प्रालिलाई लिजमा उपलब्ध गराउने भएका छन्।

परियोजनालाई आवश्यक नक्सा, वातावरणीय प्रभाव मूल्यांकनसहित अन्य विषयमा प्रदेश लगानी प्राधिकरणको अगुवाइ हुने भएको छ। लिजको समय अवधि, निर्माण तथा सञ्चालनको ढाँचा लगायत विषयमा परियोजना सञ्चालन पछि परियोजनाको रोहबरमा टुंग्याउने समझदारी पत्रमा उल्लेख छ। स्काई वाक प्रदेश सरकारको अगुवाइमा निजी क्षेत्रको लागतमा निर्माण हुने साँगरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्खाले जानकारी दिए।

स्काइवाक निर्माणका लागि गाउँपालिकाले जस्तोसुकै सहयोग गर्ने याख्खाले बताए। वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालिले काठमाडौंको कमलादीमा दुईसय करोडको लगानीमा गतवर्ष देखि स्काइवाक निर्माणको काम गरिरहेको प्रालिका प्रोजेक्टर डाइरेक्टर रोक्काले बताए।

प्रालिले सातवटै प्रदेशमा पर्यटनसँग सम्बन्धित क्षेत्रमा काम गरिरहेको प्रोजेक्टर डाइरेक्टर रोक्काले बताए। चीनमा प्रख्यात रहेको स्काइ वाक नेपालको लागि भने नयाँ हो। भेडेटारमा स्काईवाक निर्माण हुने भएपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes