प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता - Pahilo Online

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

writer

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । निवर्तमान मन्त्री इन्द्र आङ्बोको प्रस्तावना र लछुमन तिवारीको समर्थकमा नेकपा प्रचण्ड–नेपाल पक्षका ३७ संसद हस्ताक्षर गरि आज प्रदेशसभा सचिवालयमा राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।  ३७ जना मध्ये दुई जना ओली समूहका प्रदेश सभा सदस्य रहेको बुझिएको छ । बसन्ती देवी यादव र कला घलेले ओली समूह छोडेर प्रचण्ड माधव समूह आएका हुन् ।


उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आचार्यलाई दुई मतले हराएका थिए । प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिदा नेकपाको ओली समुहमा २० जना र बाँकी प्रचण्ड–नेपाल समुहमा रहेका छन् ।

प्रदेशसभामा अन्य दलहरु नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ जना सदस्य छन् । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ । बहुमत सदस्य प्रचण्ड माधव समूहमा रहेको दाबी गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes