आज क्रिसमस मनाइँदै - Pahilo Online

आज क्रिसमस मनाइँदै

writer

काठमाण्डौ । इसाई धर्मावलम्बीहरूले आज जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिइएको छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

काठमाण्डौको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत ठाउँमा क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।

यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपतिको विश्वास छ । राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रवर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरीन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes