पौष १० गतेबाट हलमा सञ्चालन तयारी - Pahilo Online

पौष १० गतेबाट हलमा सञ्चालन तयारी

‘आमा’ र ‘सेन्टी भाइरस’ चलाइने

writer

कोरोनाको कारण थलिएको चलचित्र लाइ पुनरागमन र चलाययमान् बनाउन तयारी थालिएको छ। शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ । योसँगै पौष १० गते हलमा कुन चलचित्र चल्छ भन्ने चासो पनि छ । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी गरिएको छ ।

यी दुबै चलचित्र हलमा रिलिज भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको थियो । जसलेगर्दा, यी दुबै चलचित्रलाई समस्या परेको थियो । मधुसुदनले भने–‘जुन चलचित्र रिलिज भैरहेको समयमा हल बन्द गर्नुपरेको थियो, अब शुक्रबारबाट हामी सोही चलचित्र चलाउने तयारीमा छौं । संभवत आमा र सेन्टी भाइरस नै रिलिज हुन्छन् होला ।’ उनका अनुसार, देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हल खोल्न उत्साहित छन् । ९ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको मधुसुदनले जानकारी दिए ।

चलचित्र ‘आमा’का निर्देशक दिपेन्द्र के खनालले आफू हलमा चलचित्र हेर्नका लागि उत्साहित रहेको बताए । उनले भने–‘जुन चलचित्र रिलिज हुँदा हुँदै हल बन्द भएको थियो, सोही चलचित्र रिलिज गरेर हल सुचारु गर्ने बिषयमा चलचित्र विकास बोर्डमा केही समय अघि छलफल भएको थियो । म जुन चलचित्र रिलिज भएपनि शुक्रबार हलमा चलचित्र हेर्न जान्छु ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes