टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको शीर्ष स्थानमा श्रीजंगा एफसी - Pahilo Online

टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको शीर्ष स्थानमा श्रीजंगा एफसी

writer

पथरी शनिश्चरे । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलको शीर्षस्थानमा श्रीजंगा एफसी आइपुगेको छ ।श्रीजंगा आजको खेलमा हिमाअस हाइवेलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भएको छ । आजको खेलमा बिजयी भएपछि ९ अंक जोड्दै श्रीजंगा शीर्ष स्थानमा आइपुगेको हो ।खेलको ३७ औँ मिनेटमा श्रीजंगा एफसी जर्सी नं. २ का खेलाडी सफल आङ्बुहाङले गोल गरे । श्रीजंगाकै तर्फबाट ४५ औँ मिनेटमा वान भर्सेज वानमा जर्सी नं. १४ सनम धिमालले उत्कृष्ट गोल गरे । ६९ औँ मिनेटमा दिल कुमार याक्सोको पासलाई सदुपयोग गर्दै जर्सी नं. १७ का प्रताप चेम्जोङले उत्कृष्ट गोल गर्दै टिमलाई ३–० को जित निकाल्न सफल भएका हुन् ।यसअघि २३ औँ मिनेटमा प्रतापले प्रहार गरेको गोल, गोल रक्षक मनोज गुरुङले बिफल बनाइदिएका थिए । ४१ औँ मिनेटमा अशुतोष थापाको शक्तिसाली प्रहारलाई पनि गोल रक्षक गुरुङले बिफल पारिदिए ।

खेलको सुरुवाती चरणबाट नै कम्जोर देखिएको हिमाअस हाइवेले दोस्रो हाफमा पनि खेलमा फर्किन सकेन । खेलमा पटक पटक पाएका उत्कृष्ट अवसरहरु सदुपयोग गर्न नसकेपछि हाइवेले अंक सुम्पन बाध्य भयो । खेलको ४३ औँ मिनेटमा पाएको कर्नर आशिस गुरुङले प्रहार गरे तर गोलले पोस्टको दिसा लिन सकेन ।प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच श्रीजंगाका टिम क्यापटेन (खेलाडी) सुवास तामाङ घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।आइतबारको तेस्रो चरणको खेल वाइ.जि.एफ.टी. र देविगञ्ज एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes