टेन्सवर्ग पथरी प्रिमियर लिगको उद्घाटन खेल बराबरीमा सकियो - Pahilo Online

टेन्सवर्ग पथरी प्रिमियर लिगको उद्घाटन खेल बराबरीमा सकियो

writer

पथरी शनिश्चरे । टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल शुक्रबारबाट सुरु भएको छ । उद्घाटन खेलमा शिखर एफसी र हिमाअस हाइवे बराबरी खेल खेलेका छन् ।
खेलको पहिलो हाफमा हिमाअस हाइवेले अग्रता कायम गरेको थियो । खेलको २८ औँ मिनेटमा जर्सि नं. ७ का किमजो धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको थप अतिरिक्त समयमा जर्सी नं. १० का अमर याख्खाले गोल गर्दै टिलाई २–० को अग्रता दिलाए ।पहिलो हाफमा कम्जोर देखिएको शिखर एफसी दोस्रो हाफमा भने खेलको लयमा फर्कियो । दोस्रो हाफको २५ औँ मिनेटमा जर्सी नं. १० का बम्फे धिमालले गोल गर्दै खेललाई २–१ मा ल्याए । पूनः शिखर एफसीका जर्सी नं. ११ सौर्य राउतले थप गोल गर्दै खेल बराबरीमा ल्याए ।
लिगकम नकआउटका शैलीमा भएको पहिलो खेलमा दुवै टिमले २÷२ गोल गरेपछि १÷१ अंक बाँडेका छन् ।दुवैतर्फबाट निकै आकर्षक खेल प्रस्तुत गरेता पनि निकैवटा गोल गर्ने सुनौला अवसर भने गुमाए । खेलको म्यान अफदि म्याच शिखर एफसीका सौर्य राउत भए ।
यसअघि औपचारिक कार्यक्रमका बिच नगर प्रमुख दिलिप कुमार राईले खेलको उद्घाटन गरेका हुन् । ८ वटा टिम सहभागी रहेको लिगमा भोलीको खेल हेरिका न्यूस्टार र सिरजिंगा एफसी बिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes