रोकिएको चलचित्र ‘परदेशी २’को छायांकन सुरु - Pahilo Online

रोकिएको चलचित्र ‘परदेशी २’को छायांकन सुरु

writer

कोरोनाका कारण चैत्र महिनाबाट रोकिएको चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । दशैं लगतै चलचित्रको छायांकन सुरु गर्ने बताइएतापनि विविध कारणले गर्दा छठ पछि मात्र छायांकन सुरु भएको हो । पाल्पाको माथागढीबाट चलचित्रको छायांकन सुरु गरिएको हो ।

नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी लगायतका कलाकारको मुख्य भूमिका छ । पाल्पामा नायक दिलिप रायमाझीको दृश्य खिचिएको छ । यस्तै, शनिबारबाट प्रकाश सपुत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु लगायतको दृश्य खिचिएको छ ।

मंसिर १७ गतेसम्म पाल्पाका विभिन्न स्थानमा चलचित्रको छायांकन हुने बताइएको छ । निर्देशक रायमाझीका अनुसार लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको थियो । यो चलचित्रको कथावस्तुमा अमेरिकाको दृश्य समेत देखाउनुपर्नेछ । तर, लकडाउन र कोरोना भाइरसका कारण तत्काल अमेरिकाको दृश्य खिच्न संभव नभएपछि निर्माणपक्षले नेपालमै क्रोमा गरेर दृश्य खिच्न लागेको वुझिएको छ ।

नायक दिलिप रायमाझीले चलचित्रको कथावस्तु मनछुने खालको भएको भन्दै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । रमेश बीजीले लेखेको कथामा निर्माण भैरहेको चलचित्रमा राजेश वंशल र नारायण रायमाझीको लगानी छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes