मोरङको २ स्थानमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु - Pahilo Online

मोरङको २ स्थानमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु

writer

मोरङ । मोरङ बेलबारी ७ बस्ने ३७ बर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे बेलबारी ४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२प ४२१६ नम्बरको मोटरसाईकल र को ३९ प ३८०१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक नविन पौडेल गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका पौडेलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै मोटरसाईकलमा रहेका अन्य तिन जना समेत घाईते भएकोमा उनिहरुको उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ पथरी शनिश्चरे २ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे को १ ख ६८३१ नम्बरको बसले मे ८ प ६३७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक झापा मेची नगरपालिका ९ बस्ने ३२ बर्षीय मुकेश प्रसाद पौडेल गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका पौडेलको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक संजय साह नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes