मिक्लाजुङबाट हतियार सहित एक जना पक्राउ - Pahilo Online

मिक्लाजुङबाट हतियार सहित एक जना पक्राउ

writer

मोरङ । मोरङको मिक्लाजुङ १ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउसो सवा ३ बजे पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो । यसरी हतियार सहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes