साबिक पथरी गा.वि.स का पहिलो अध्यक्ष वान्तवाको निधन - Pahilo Online

साबिक पथरी गा.वि.स का पहिलो अध्यक्ष वान्तवाको निधन

writer

पथरी शनिश्चरे । मोरङको साबिक पथरी गाउँविकास समितिका पहिलो अध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरसका कारण आज विहान निधन भएको छ ।२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित सामाजिक अगुवा ६६ वर्षीय राईको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

सामाजिक काममा लोकप्रियता हाँसिल गरेका राईले हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी मनकामना सहकारीका संस्थापक अध्यक्ष, पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्ष सहित दर्जनौं संघ संस्थाको अगुवाई गरेका थिए । उनको निधनप्रति पथरीशनिश्चरे नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले नगरले एउटा असल सामाजिक अभिभावक गुमाएको भन्दै गहिरो दुःख सहित उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

पथरीशनिश्चरे १ पथरी बजार निवासी उनलाई कार्तिक २१ गते कोरोना पोजेटिभ देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः स्वास प्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि विराट मेडिकल कलेजमा ५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा निधन भएको उनका छोरा दीपक राईले जानकारी दिए । वान्तवाका १ श्रीमती, ४ छोरी र २ छोरा रहेका छन् । जसमध्ये दीपक नेपाली फुटबलका राष्ट्यि खेलाडी समेत हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes