चलचित्र उद्योगलाई चलायमान गराउन आगामी बैशाखमा महोत्सव गर्ने - Pahilo Online

चलचित्र उद्योगलाई चलायमान गराउन आगामी बैशाखमा महोत्सव गर्ने

writer

सुनसरी । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा प्रदेश न १ मा बनेका कथानक चलचित्रहरु, छोटो चलचित्रहरु लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै बिधा अन्तर्गत रहेर चलचित्रहरु प्रदर्शन गर्ने योजना रहेको आयोजकले जनाएको छ । महोत्सवमा अग्रज चलचित्रकर्मीहरुलाई सम्मान पनि गरिने भएको छ ।

प्रदेश १ का चलचित्रकर्मीहरुको जानकारी सहितको चलचित्र स्मारिका पनि महोत्सवमा विमोचन गर्ने तथा चलचित्र सम्बन्धी कार्यशाला गर्ने योजना रहेको महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । गत २०७६ कार्तिक २९ देखी मङ्सिर २ गते सम्म प्रदेश १ सरकारले चलचित्र महोत्सव घोषणा गरेर सम्पूर्ण तयारी पुरा गरेपनि निर्वाचन आचार संहिताका कारणले महोत्सव स्थगीत भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes