पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ पाइलटको ज्यान गयो - Pahilo Online

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ पाइलटको ज्यान गयो

writer

कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको ज्यान गएको छ, यात्रु घाइते भएका छन् । प्याराग्लाइडिङ दुर्घटनामा पोखरा महानगरपालिका २८ को कालिकाका ३८ वर्षीय राजु नेपालीको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।

उहाँका अनुसार यात्रु काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका २ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएको र उहाँलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको छ । श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ । फेवातालको सिरान खपौदी क्षेत्रमा दिउँसो १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes