मोटरसाईकल चोरी गरी बिक्रि गर्ने समूह प्रहरीको नियन्त्रणमा - Pahilo Online

मोटरसाईकल चोरी गरी बिक्रि गर्ने समूह प्रहरीको नियन्त्रणमा

writer

बेलबारी । मोटरसाईकल चोरी गरेर बिक्रि गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले एक समूहलाई लिएको छ । चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जनालाई आईतबार सार्वजनिक गरेको छ । को ३६ प १०४० नम्बरको मोटरसाईकल गत भदौ २२ गते साँझ बेलबारी नगरपालिका ८ बाट हराएको थियो । चोरीमा संलग्न पुजन श्रेष्ठ, बिशेष भुजेल, राहुल साह, उत्तर राई र गगन ध्वज राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषि राज ढकालले बताए ।

ढकालका अनुसार पुजन श्रेष्ठले चोरी गरी बिशेष भुजेलको सहयोगमा बिराटनगर घर भई सुनसरीको धरान उपमहानगरपालिका ३ का बिश्वकर्मा बर्कसप सञ्चालक २७ बर्षीय राहुल साहलाई कमिसन दिने शर्तमा बेच्न दिएका थिए । ईन्जिन नम्बर, चेचिस नम्बर परिवर्तन गरि राहुलले मोटरसाईकलको स्वरुप समेत परिवर्तन गरेर उत्तर राई र गगन ध्वज राईलाई बेच्न दिएको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।

उक्त मोटरसाईकल उत्तर राईले कुदाउदै गरेको अवस्थामा मंसिर ३ गते सुन्दरहरैचा नगरपालिका वडा नं २ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जना बिरुद्ध चोरी मुद्दामा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले हराएक २४ थान मोवाईल खोजि गरेर धनिलाई दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes