सिलिचोङमा एक्सरे सेवा भएपछि सिलिचोङ स्थानीय हर्षित - Pahilo Online

सिलिचोङमा एक्सरे सेवा भएपछि सिलिचोङ स्थानीय हर्षित

writer

संखुवासभा । संखुवासभाको ताम्कुमा पहिलोपटक भिडियोएक्सरे सेवा सुरु भएको छ । दुर्गम स्थान सिलिचोङ गाउँपालिकाको ताम्कुमा भिडियो एक्सरे सेवा सुरु भएको छ। भिडियो एक्सरे सेवा सुरुपछि सिलिचोङ स्थानीय हर्षित भएका छन्। सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा रहेको अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको हो। दुई दिनसम्म पैदल यात्रा र धेरै खर्च गरेर सदरमुकाम खाँदबारी गएर भिडियो एक्सरे गरेर बच्चाको अवस्थाबारे जानकारी लिनुपर्ने बाध्यतासमेत हटेको स्थानीयले बताए।

भौगोलिक रूपमा विकट र अहिलेसम्म सदरमुकाम खाँदबारीदेखि सीधा यातायातको सुविधाले छोएको छैन। अधिकांश समय उक्त अस्पतालमा अहेब र अनमीले अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। एकजना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि उक्त अस्पतालमा भौगोलिक कारणले कर्मचारी तथा स्वास्थ्यकर्मीहरू नै बस्न मान्दैनन्।

ताम्कुमा गत साताबाट सुरु भएको एक्सरे सेवा ग्रामीण क्षेत्रमा अत्यन्तै प्रभावकारी भएको छ। एक गैरसरकारी संस्थाले पाँच लाखबराबरको युएसजी मेसिन र २१ दिने तालिम सहयोग गरेपछि ताम्कुको उक्त अस्पतालमा सेवा सुचारु भएको हो। उक्त संस्थाको सहयोगमा झापाको आम्दा अस्पतालमा २१ दिने तालिम लिएर फर्किएकी अनमी इन्द्रकुमारी राईले गाउँमा नै यस्तो सेवा प्रवाह गर्न थालेकी छन्। तालिम लिएर फर्किएपछि फेरि गाउँमा नै आएर सेवा गर्न पाएकोमा खुसी लागेको अनमी राईले बताएकी छन्।

गाउँपालिकाको प्रत्येक वडाको स्वास्थ्य संस्थामा गएर प्रत्येक दुई–दुई महिनामा नियमित शिविरसमेत सञ्चालन गर्न योजना रहेको सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र कुलुङले बताए। सिलिचोङमा गाउँपालिकामा पाँचवटा वडा रहेका छन्। हालसम्म एक सयभन्दा बढी गर्भवती महिलाले भिडियो एक्सरे सेवा लिएका छन्। उक्त सेवामार्फत आमा र बच्चाको मृत्युदरमा समेत कम हुने गाउँपालिकाले विश्वास लिएको छ।

गर्भवती महिलाले गाउँमा नै यस्तो सेवा पाएकोमा खुसी व्यक्त गरेका छन्। गाउँपालिकामार्फत गाउँपालिका क्षेत्रमा नै सेवा प्रवाह गर्नका लागि धेरै प्रयासपछि यो सफलता हात परेको गाउँपालिका गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes