२ मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली स्वदेश फर्किए - Pahilo Online

२ मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली स्वदेश फर्किए

writer

मोरङ । नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएका छन् । नेपाली टिम बिहिबार दिउँसो नेपाल आईपुगेका हुन् । नेपालले २ मैत्रीपूर्ण खेल बङ्गबन्दु रङ्गशाला ढाकामा कार्तिक २८ र मंसीर २ गते खेलेको थियो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

नेपालले ढाकामा ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो । मंगलबार भएको दोस्रो मैत्रीपूर्णमा भने नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो । छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो । समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes