डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो फिचर ल्याउदै - Pahilo Online

डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो फिचर ल्याउदै

writer

मोरङ । सामाजिक सञ्जाल प्लाटफर्म ट्वीटरको आफ्नो स्थापित परिचय बदल्ने तयारी गरेको छ । यसअन्तर्गत ट्वीटरले विभिन्न नयाँ फिचरहरु घोषणा गरेको छ । मंगलबार ट्वीटरले गरेको घोषणाअनुसार अब ट्वीटरमा यस्तो फिचर उपलब्ध हुनेछ जसमा प्रयोगकर्ताका ट्वीटहरु २४ घण्टापछि आफैं मेटिने छन् ।

डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो ट्वीटको फिचर पनि घोषणा गरेको छ । फेसबुकको स्टोरी फिचर जस्तै २४ घण्टामा ट्वीट आफैं हराउने ट्वीटरको उक्त फिचरको नाम ‘फ्लीट्स’ हो । यस्तो स्टोरिज फिचर सबैभन्दा पहिले सन् २०१३ मा स्नापच्याटले सुरु गरेर निकै लोकप्रिय बनेको थियो । त्यसपछि फेसबुक, इन्स्टाग्राम र युट्युब समेतले यो फिचर सुरु गरे ।

२४ घण्टामा आफैं मेटिने ट्वीट अर्थात् फ्लीट्स अन्य सामान्य ट्वीटभन्दा केही अर्थमा भिन्न रहेको छ । किनकी फ्लीट्समा अरुले लाइक गर्न, रिप्लाइ गर्न वा रिट्वीट गर्न सक्दैनन् । यस्ता अस्थायी ट्वीटमा प्रयोगकर्ताले रिएक्ट गर्न वा डाइरेक्ट मेसेजद्वारा प्रतिक्रिया जनाउन सक्दछन् । यो भनेको इन्स्टाग्राम तथा स्नापच्याट जस्तै हो । स्मरण रहोस् यो वर्षको सुरुमै ट्वीटरले पहिलोपटक ब्राजिलमा फ्लीट्स फिचरको परीक्षण सुरु गरेको थियो । ट्वीटर फिडको सबैभन्दा माथिल्लो भागमा यस्ता अस्थायी ट्वीट अर्थात् फ्लीट्स देखा पर्दछन् ।

ट्वीटरमा व्यक्त भएका विचार वा गरिएका ट्वीटहरु सम्पादन गर्न पनि नसकिने र एकखालको स्थायी अभिव्यक्तिको रुपमै रहने भएको हुँदा धेरै ट्वीटर प्रयोगकर्ताले मन लागेको कुरा ट्वीट गर्न हिच्किचाउँछन् । प्रयोगकर्तालाई सजिलो अनुभव गराउन र आफ्नो अभिव्यक्ति तथा घटना प्रस्तुत गर्नका लागि दबाब कम गर्न २४ घण्टामा आफैं डिलिट हुने ट्वीटको फिचर ल्याइएको ट्वीटरले आफ्नो ब्लगपोष्टमा जनाएको छ ।

ब्लग पोष्टमा उल्लेख गरिएअनुसार यो वर्षको अन्त्यसम्ममा ट्वीटरले आम प्रयोगकर्ताका लागि आवाजमा ट्वीट गर्न सकिने भ्वाइस ट्वीट फिचर, डाइरेक्ट मेसेजमा समेत आवाज पठाउन सकिने फिचर र अडियो स्पेस नामक नयाँ फिचर पनि ल्याउँदैछ । (एजेन्सी)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes