यसवर्षको तिहारमा करिब १४ करोड बराबरको माला खरिद बिक्री - Pahilo Online

यसवर्षको तिहारमा करिब १४ करोड बराबरको माला खरिद बिक्री

writer

मोरङ । भखैरै मात्र बिदाइ गरीएको चाड तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला खरिद बिक्री भएको हिसाब सार्वजनिक भएको छ । कोभिड महामारीका कारण अघिल्लो वर्षको तुलनामा मालाको कारोबारमा ३६ प्रतिशतले घटेपनि व्यवसायीले अपेक्षा गरेभन्दा निकै राम्रो कारोबार भएको नेपाल फ्लोरी कल्चर एशोसिएसन नेपालले जनाएको छ ।

यो तिहारमा ११ करोड ७० लाख रुपैयाँ बराबरको १३ लाख थान सयपत्रीको माला बिक्री भएको एशोसिएसनको दाबी छ । सयपत्रीको माला औषत ९० रुपैयाँ प्रतिगोटामा बिक्री भएको थियो । तिहारमा ४५ लाख रुपैयाँ बराबरको मखमलीको माला निर्यात समेत भएको एशोसिएसनका अध्यक्ष कुमार कसजुले बताए । यस्तै नेपाल भित्रै एक करोड ८० लाख रुपैयाँ बराबरको तीन लाख वटा मखमलीको माला यस अवधिमा बिक्रि भएको अध्यक्ष कसजुले बताए । मखमलीको मालाको प्रतिगोटा औषत मूल्य ६० रुपैयाँमा रहेको थियो ।

तिहारमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको एक लाख ५० हजार थाना मखमलीको माला निर्यात भएको पनि एशोसिएसनले जनाएको छ । यो तिहारमा सबैभन्दा धेरै मालाको कारोबार बागमति प्रदेशमा भएको थियो भने सबै भन्दा कम कारोबार कर्णाली प्रदेशमा भएको पनि अध्यक्ष कसजुले बताए । बागमति प्रदेशमा ८ करोड १० लाख रुपैयाँ बराबरकोका फूलको मालाको कारकोबार हुँदा कर्णालीमा भने ४० लाख ५० हजार रुपैयाँ बराबरको माला खरिद बिक्री भएको एशोसिएसनले जानाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes