पाँचखपन नगरपालिकाको एम्बुलेन्स अज्ञात समूहले तोडफोड गरे - Pahilo Online

पाँचखपन नगरपालिकाको एम्बुलेन्स अज्ञात समूहले तोडफोड गरे

writer

संखुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिकाको एम्बुलेन्स तोडफोड भएको छ। वाना प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्स अज्ञात समूहले गएराति अन्दाजी साढे ९ बजे को१झ ६४३ नम्बरको एम्बुलेन्स तोडफोड भएको स्वास्थ्य चौकीका निमित्त प्रमुख अहेब सुन्दर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार तोडफोडबाट एम्बुलेन्सको अगाडि भागको सिसा फुट्नुका साथै विभिन्न भागमा क्षति पुगेको बताए। अज्ञात समूहले वाना स्वास्थ्य चौकीको मुलगेट समेत तोडफोड गरेको निमित्त प्रमुख श्रेष्ठले बताए। एम्बुलेन्स तोडफोड भएपछि चल्न नसक्ने अवस्थमा पुगेको छ।

उक्त एम्बुलेन्स वाना स्वास्थ्य चौकीले दुई वर्षअघि संघीय सांसद राजेन्द्र गौतमको सांसद विकास कोषको रकमबाट खरिद गरेको थियो। एम्बुलेन्स तोडफोड भएपछि बिरामी ओसारपसार समस्या भएको स्थानीयले बताए।

पाँचखपन नगरपालिकामा एक मात्रै एम्बुलेन्स थियो। एम्बुलेन्स तोडफोडमा संम्लग्नको खोजी कार्यका लागि प्रहरी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • सह–सम्पादकः विजयकुमार पाठक (काठमाडौं)
  • प्रबन्ध निर्देशकः मोहनप्रसाद भट्टराई

© Copyright 2017 - 2020 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes