अनलाइन कक्षाले समेट्न नसकेको विद्यार्थीका लागि प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ - Pahilo Online

अनलाइन कक्षाले समेट्न नसकेको विद्यार्थीका लागि प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

writer

मोरङ । प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो ।अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरि सिकाईलाई निरन्तता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको हो ।

पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताए । धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, ते¥हथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरंगको केराबारी गाउँपालिकामा सम्झौता भईसकेको निर्देशक बुढाथोकीले बताए। मोरंगको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनले बताए ।

नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाई छ । विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने  सियुजी सिममा १२९ रुपैयाँले १ महिना पुग्ने उहाँले बताए । बुढाथोकीका अनुसार विद्यार्थीका लागि सितैमा सिम दिईने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा व्यालेन्सको व्यवस्था गरिने छ ।

नेपाल सरकारको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताईएको छ । स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले बताए । उनका अनुसार विद्यार्थी छनौट गर्दा गरिव भित्रको पनि गरिव छनौटलाई गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकीएको र अभिभावकको मोवाईलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ । अभिभावकको मोवाईल हुने हुँदा विद्यार्थीको पठन पाठनबारे अभिभभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताए ।

अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरि कार्यक्रम तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोरोनाको संक्रमण कहिले सम्म भन्ने यकिन नभएकाले पठन पाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाई शुरु गर्ने तयारी गरेको उहाँले बताए । ‘हेल्लो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले १ लाख ५० हजार र स्थानीय तहले १ लाख रुपैयाँ व्यहोर्ने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes