प्रदेश १ मा बुधबार ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा बुधबार ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज

writer

विराटनगर । प्रदेश १ मा आज(बुधबार) ४४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा ३२, उर्लाबारीमा ९, बुढीगंगा र बेलबारीमा ८–८, कटहरी र मिक्लाजुङमा ६–६, रंगेली, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा ५–५, लेटाङमा ४, सुनबर्षीमा ३, ग्रामथानमा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ४३, रामधुनीमा ११, धरान, बराहक्षेत्र र इनरुवामा ६–६, दुहवीमा ३, गढी, देवानगञ्ज र बर्जुमा २–२, हरिनगर, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १६, विर्तामोडमा १२, भद्रपुरमा १०, अर्जुनधारामा ६, गौरादहमा ५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, हल्दिबारी, शिवसताक्षी, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २–२, गौरीगञ्जमा १, इलामको इलाम नगरपालिकामा ७, सुर्योदयमा ३, रोङ र फाकफोकथुममा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा ५–५ र उदयपुर गढीमा १, संखुवासभाको मकालुमा ३, पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको फिदिम, मिक्लाजुङ, फालेलुङ, हिलिहाङमा १–१, धनकुटाको महालक्ष्मी र धनकुटामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभनज्याङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ५१६ पुगेको छ ।

प्रदेश १ मा आज ३६३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३५४, मेची अस्पतालबाट ६ र होटल एशियाटिकबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार २३१ पुगेको छ । प्रदेश १ मा आज १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १४६ महिला र २९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८० हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes