सुनसरीको इटहरीबाट ८ जना जुवाडे पक्राउ - Pahilo Online

सुनसरीको इटहरीबाट ८ जना जुवाडे पक्राउ

writer

इटहरी । सुनसरी प्रहरीले इटहरीको तरहराबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार राति तरहराको रुद्राक्ष पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए । जुवाविरुद्ध अभियान थालेको सुनसरी प्रहरीले स्थानीयले दिएको सूचनाका आधारमा उनीहरुलाई नगद दुई लाख ८० हजारसहित पक्राउ गरेको थापाले बताए ।

पक्राउ पर्नेमा ३४ वर्षीय पत्रका धनबहादुर पुरीसहित इटहरी–२० तरहराका ४१ वर्षीय दिलकुमार पुरी, सोही ठाउँका २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ र भक्तबहादुर पुरी, ४९ वर्षीय नारायण गिरी, ३१ वर्षीय हरिराम बानियाँ, ३१ वर्षीय विष्णु बास्तोला छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes