रेस्टुरेन्टमा आगलागी हुँदा ७ नेपालीको मृत्यु - Pahilo Online

रेस्टुरेन्टमा आगलागी हुँदा ७ नेपालीको मृत्यु

writer

बेइजिङ । स्थानीय समयानुसार आइतबार साँझ हङकङको याउमातेईस्थित एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएको छ । हङकङस्थित नेपाली वाणिज्य दूतावासबाट हिँडेर करिब २० मिनेटमा पुगिने र नेपालीहरूको बाक्लो बसोबास रहेको जोडन एरियाको एउटा रेस्टुरेन्टमा आगलागी हुँदा यो मानवीय क्षति भएको हो ।

आगलागीमा एकजना सामान्यसहित १० जना गम्भीर घाइते भएका हुन् । प्रारम्भिक जानकारी अनुसार मृतकहरू बाग्लुङका रहेका छन् । हङ्कङको साउथ चाइना मर्निङ पोस्टले जन्मदिन मनाउने क्रममा यो दुर्घटना भएको लेखेको छ । बेइजिङस्थित नेपाली दूतावासले जन्मदिन वा दिपावलीको रमझमको बेलामा चुरोट वा मैनबत्तीको आगो सिलिङमा सल्किएपछि आगलागी भएको हुनसक्ने बताएको छ । आगलागी भएको रेस्टुरेन्ट ४ वर्षअघिदेखि दर्ता नभएर चलिरहेको र नेपालीहरू भेला हुने अनौपचारिक थलोजस्तो बनेको थियो।

सो रेस्टुरेन्टमा मानिस निस्किने एउटा मात्रै ढोका भएकाले उद्धारमा ढिलाइ भएको हुनसक्ने बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले बताए । लम्साल यसअघि सन् २००७ देखि २०१० सम्म त्यहाँ वाणिज्यदूत थिए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हङकङस्थित वाणिज्य दूतावासले स्थानीय प्रहरीसँग समन्वय गरिरहेको जनाएको छ तर मृतकको पूरा विवरण प्रहरीले सोमबार अपराह्नसम्म उपलब्ध गराइएको थिएन । (इकान्तिपुर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes