मिस नेपाल २०२० मा २१ प्रतिस्पर्धी - Pahilo Online

मिस नेपाल २०२० मा २१ प्रतिस्पर्धी

writer

काठमाडौं । यस वर्ष २०२० को मिस नेपाल प्रतिस्पर्धाका लागि २१ जना प्रतिस्पर्धीको नाम सार्वजनिक भएको छ । आयोजक संस्था हिडेन ट्रेजर मिस नेपाल–२०२० ले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच २१ जना प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो ।

यस वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा आगामी मङ्सिर २० गते हुने आयोजक संस्थाले जनाएको छ । हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले गत नोभेम्बर १ मा तयार पारिएको प्रतिस्पर्धीको सूचीबाट २१ जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको जानकारी दिए ।

काठमाडौंसहित देशका मुख्य ९ सहरमा गरिएको अडिसनमार्फत छानिएका यी प्रतिस्पर्धीहरूलाई अबको १५ दिन आवाशीय प्रशिक्षणमा राखिने छ र त्यसपछि ग्राण्ड फिनाले हुने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा काठमाडौं, काभ्रे, मोरङ, दाङ, भक्तपुर र चितवन गरी छ जिल्लाका युवतीहरू सहभागी छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes