त्रिवेणी र मैनावारी फुटबल क्लब विजयी - Pahilo Online

त्रिवेणी र मैनावारी फुटबल क्लब विजयी

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत पहिलो राउन्डको छैटौं दिन आज दुई वटा खेल भएका छन् ।

त्रिवेणी फुटबल क्लब पथरीशनिश्चरे १० र कानेपोखरी फुटबल क्लब बिच भएको पहिलो खेलमा १–० गोल अन्तरले त्रिवेणी फुटबल क्लब विजयी भएको छ। त्रिवेणीका लागि १९ औ मिनेटमा मिक्चेन दासले उत्कृष्ट गोल गरेका थिए। खेलको अन्य समय दुवै तर्फबाट राम्रो प्रयास भएपनि गोल भने हुन सकेन।

त्यस्तै, दोश्रो खेल अन्तर्गत मैनावारी फुटबल क्लब र बि सिक्सटिन फुटबल क्लब रिगुवा बिच भएको खेलमा २–१ गोल अन्तरले मैनावारी फुट बल क्लब विजयी भएको छ। मैनावारीका लागि २८ र ३७ औ मिनेटमा आर्दश लिम्बूले २ गोल गरेका थिए भने बि सिक्सटिनका लागि ४४ औ मिनेटमा सुमन राईले १ गोल फर्काएका थिए।

खेल हरेक दिनको १ बजेबाट सुरु हुने गर्दछ। भोलिको खेल अन्तर्गत पहिलो खेलमा पिपलडाँडा फुटबल क्लब र झिलझिले फुटबल क्लब भिड्ने छन् भने दोश्रो खेल अन्तर्गत सुन्तोली फुटबल क्लब सेट बि र कन्जनजंगा फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes